निराकरण सम्वाददाता अछाम:अछाममा पनि नेकपा एमाले बिभाजन पछि बनेको नेकपा ( एकीकृत समाजबादी ) निकै बलियो देखिएको छ । नेकपा एमाले अछामका अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य शेर बहादुर कुँवर, साफेबगर नगरपालिका मेयर तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य कुल बहादुर कुवर , प्रदेश कमिटी सदस्य बम बहादुर बिसी र धुब्रा कुवर खड्का , प्रदेश सांसद बलबहादुर भण्डारी र दुर्गा बिक , जिल्ला उपाध्यक्ष हिरण्ड भट्टराई , सचिव नवराज साउँद,जिल्ला कमिटी सचिवालय सदस्य शिलोज कुवर , जिल्ला कमिटी सदस्य तथा कार्यलय सचिव नमराज न्यौपाने , चौरपार्टी गाउँपालिकका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य हर्कबहादुर साउद,भीम रावलकै वडाका स्थाई बासीन्दा अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा अछाम जिल्ला अध्यक्ष शंकर बिष्टलगायत अन्य नेताहरू रहेका छन । भने अन्य नेताहरू पनि खुल्ने क्रम जारी छ ।

पाटी फुटको प्रभाव अनेरास्ववियु भित्र समेत परेको छ । भीम रावल माधव समुहमा हुदाँ बनेको अनेरास्ववियु अछामका सबै विद्यार्थी नेताहरु समेत समाजबादी तिर लागेका छन । अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा अछाम जिल्ला अध्यक्ष शंकर बिष्ट , केन्द्रीय कमिटी सदस्य तथा उपाध्यक्षद्वोय केन्द्रीय कमिटी सचिवालय सदस्य सुरेश न्यौपाने , केन्द्रीय कमिटी सदस्य तथा उपाध्यक्ष सुन्दर ठकुल्ला शेरबहादुर बिक , उपाध्यक्ष देबिन्द्र सोडारी , सचिव बलबहादुर भण्डारी , केन्द्रीय कमिटी सदस्य तथा सहसचिवहरु म्निष बि क प्रिङ्का भट्टराई , पुजा साउद सहसचिव हिमकला तिमिल्सिना , कलेन्द्र धामी , रोशन रावल लगायतका रहेका र । अन्य केही खुल्न बाकी रहेका छन ।
केपी ओलीले दुईपटक गरेको संसद बिघटनलाई क्षमा याचन नगरि उल्टै आफु अझै इमानदार शाषक सम्झने कथित प्रतिगमनकारी सोच , निरङ्कुश कदम र स्वेच्छाचारी शैली सच्याएर अगाडि बढेर पार्टी एकताको पक्षमा आवाज बुलन्द गरेर आत्मआलोचना सहित नबढेको इमानदार , विधि पद्धति र सर्बोच्चको फैसलालाई पनि अनेकौं किसिमबाट परिभाषित गरेको परिस्थिति हुनाले उक्त कार्यहरु निकै निन्दनीय , असभ्य र असहिष्णु रहेको विश्लेषण सहित १० बुदे सहमति अपुरो ,अस्पष्ट र आत्म आलोचनाका कुनै बुदाहरु समाबेश नगरिएको हुनाले आफुहरु माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजबादीमा गोलबद्व भएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिव तथा जिल्ला कमिटी सचिव बलबहादुर भण्डारीले बताए ।
यस्तै सम्पूर्ण अनेरास्ववियु निकट कमरेडहरुले मानसिकता सहित आबद्व भएको कथित मण्डललेबादी सोच , बिद्यार्थी आन्दोलनले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न शैक्षिक मुद्दाहरुलाई अझै घनिभुत ढंगबाट अगाडि बढाउन हामीले उक्त बाटो रोजेका हौं अब सबै यसबाट सहभागी हुने पनि हामीहरु बिश्वस्त छौं यसमा केही कतै अलमल नपरे हुन्छ अनेरास्ववियु केन्द्रीय कमिटी सचिव तथा जिल्ला कमिटी सचिव बलबहादुर भण्डारी बताए ।









