Advertisement
SKIP THIS
रोनाल्डोले पुन:रोजे म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने सहमति गरेको पुष्टि गरेको छ ।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले पोर्चुगिज फरवार्डलाई पहिले ह्यारी केनलाई अनुबन्ध गर्नबाट चुकेको म्यानचेस्टर सिटीलाई अफर गरेका थिए । तर, सिटी यो दौडबाट शुक्रबार बाहिरिएको थियो ।

योसँगै युनाइटेडले ३६ वर्षीय खेलाडीलाई पुनः ओल्ड ट्राफोडमा भित्र्याउन ३.३ करोड डलरको अफर प्रस्तुत गर्ने ढोका खोलेको थियो । रोनाल्डो यसअघि सन् २००३ देखि २००९ सम्म युनाइटेडसँग आबद्ध थिए ।

क्लबले एक विज्ञप्ति जारी गर्दै ५ पटकका बालोन डिओर विजेता रोनाल्डोलाई पुनः भित्र्याउन पाउँदा खुसी व्यक्त गरेको छ । युनाइटेडमा रहँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए ।  

तपाईको प्रतिक्रिया