लालबहादुर चदारा अछाम : मेल्लेख गाउपालिका वडा नं ३ ठाटिमा पहिराेले १६ घरधुरी उच्च जाेखिममा परेका छन् ।सोमबार राति देखि अाएकाे अविरल बर्षाका कारण अछामको मेल्लेख गाउपालिका वडा न ३ ठाटिकाे नाैलाघर र चाैसाल टाेलमा पहिराे जान थालेकाे छ ।
पहिराे जान थाले पछि त्यस दुबै टाेलका १६ घर परिवार उच्च जाेखिममा रहेका छन । चाैसाल टाेलमा सडक काटिएकाे ठाउदेखि घर अगाडि र नाैलाघर टाेलमा घरकाे पछाडिबाट पहिराे जान थालेपछि नाैलाघर टाेलका स्थानीय नरेन्द्र नेपाली ,जयबिर नेपाली र मानसिह नेपालीको घरसहित चर्केका छन,।यस्तै चाैसाल टाेलमा जगत शाह ,गाेकुल शाह भिम बहादुर शाह देब शाह भरत शाह लगायतको घर अति जाेखिममा रहेकाे वडा अध्यक्ष केशरबहादुर शाहले बताएका छन ।

केही घरका घरपरिवार घर छाेडेर अनेत्र सर्दै छन भने काेहि घरपरिवार घर छाडनकाे लागि सामन अाेसार पसार गरिरहेका स्थानीय गाेकुल शाहले जानकारी दिए। अहिले वडा अध्यक्ष केशरबहादुर शाहकाे नेतृत्वमा स्थानीय जनप्रतिनिधिकाे टाेलि अबस्था बुझ्न त्यस पहिराे ग्रस्त क्षेत्र पुगेकाे छ ।
ईलाका प्रहरी कार्यलय ठाटि बगुडाबाट खटिएको टाेलिले थप त्यस क्षेत्रकाे जानकारी लिरहेकाे प्रहरी सहायक निरक्षक जनक एेरले बताएका छन । त्यस टाेलका स्थानीय बर्षायमकाे बेला यस अघि पनि घर छाडेर खरक,छानाे , वडा कार्यलय भवन र नजिककाे बिद्यालय बास बस्नुपर्ने बाध्यता रहेकाे छ ।









