Advertisement
SKIP THIS
संसदीय दलका नेता रावलद्वारा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस सुदूरपश्चीम संसदीय दलका नेता डा. रण बहादुर रावलले जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना दिएका छन ।

सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताउदै यसको जगेर्ना गर्न सबैले आफ्नो ठाउबाट लाग्नुपर्ने बताए। जनै पूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आज शुभकामना सन्देश ब्यक्त गर्दै धर्म संस्कृतिले हामी नेपालीलाई एक बन्धनमा बाधेको बताए ।

“जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ ।

यो दिनमा नौ थरि गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । अहिले क्वाँटीको स्वादले अन्य समुदायको भान्सामा पनि स्थान पाएको छ कोभिड–१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाएर पर्व मनाउन समस्त प्रदेशवासीमा उनले सन्देशमा अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया