काठमाडौं:२० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो।
आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका राजनीतिक सल्लाहकारले युद्ध समाप्त भएको घोषणा गरेका हुन् । अब लामो समय अफगानिस्तानलाई तनावपूर्ण स्थितिमा राख्न नचाहेको कुरा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन्।









