शुक्रबार नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक संजाल ट्विटरमा चर्कियो ।
२४ हजार भन्दा बढी ट्विटर प्रयोगकर्ताले यो बिषयमा आफ्नो मत व्यक्त गरेका थिए । अधिकांशले राधिकाले चलचित्रमा न्यूड दृश्य दिएर अश्लिलता फैलाएको आरोप समेत लगाएका छन् ।
केही प्रयोगकर्ताले राधिकाले अभिनय गरेका चलचित्रका दृश्यहरु सामाजिक संजालमा पोष्ट गर्न नसकिने भन्दै उनलाई बहिष्कार गर्नुपर्ने माग गरे ।
भारतको संकृतीमाथि राधिकाले बारम्बार प्रहार गरेको आरोप समेत उनीहरुले लगाएका छन् । यो बिषयमा राधिकाको कुनै पनि भनाई सार्वजनिक भएको छैन ।









