Advertisement
SKIP THIS
फिफा वरीयतामा नेपालको सुधार

काठमाण्डौ :नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ औं स्थानमा पुगेको हो।

यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ।

पछिल्लो समय नेपालले खेलेको थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरू खेलेको आधारमा बरियतामा सुधार आएको हो।

विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। यस्तै फ्रान्स, इंल्याण्ड, इटाली, अर्जेन्टीना, स्पेन, पोर्चुगल, मेक्सिको र अमेरिका क्रमशः तेस्रो देखि १० औं स्थानसम्म छन्।

एशियाका शीर्ष तीन जापान, इरान ,अस्ट्रेलिया, कोरिया र कतार क्रमश विश्ववरीयामा २४, २६,३५, औं स्थानमा छन्।

तपाईको प्रतिक्रिया