Advertisement
SKIP THIS
गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक बिदा

काठमाडौँः गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुराको निधनमा तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गरेर आज (शुक्रबार) शोक बिदा गरिएको जनाएका छन्।

उपाध्यक्षका ससुरा कृष्णप्रसाद गौतमको २१ गते राती ११ः४० भएको र आज २२ गते बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचना भनिएको छ। गाउँपालिकाले गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु स्वास्थ्य संस्थाबाहेक सबैमा शोक बिदा दिने निर्णय भएको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले भने, ‘उपाध्यक्षकै ससुरा हो। गाउँपालिका छेवैमा घर कसो बिदा नदिने भनेर दिएको।

तपाईको प्रतिक्रिया