काठमाडौँ: बंगलादेशमा चट्याङ लागेर जन्ती हिँडेका १७ जनाको मृत्यु भएको छ।
तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेहुलासहित बेहुलासहित अन्य १४ जना घाइते भएका छन्। १७ जनाको मृत्यु भएपछि बेहुलाको गाउँ शोकमा डुबेको छ।









