पबित्रा खड्का अछाम:अछाममा एक जनाको भिर बाट लडेर ज्यान गएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ भाडेचाका झुप्रे दमाईका छोरा भरत दमाइको घास काटने क्रम्मा भिरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार बिहान खाना खाएर बाख्रा चराउनका साथै घास काट्नका लागि डोको पनि लगेका भरतको घास काटने क्रममा भिरबाट खसेर मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।
गाँउ नजिकैको सुुसाने खोला भन्ने ठाउबाट करिब ३ सय मिटर तल खसेर मृत्युु भएको हो ।
१२ बर्षिय भरत दमाई वडन नं. ७ कै जाल्पा देबि माध्यामिक बिध्यालय मुुगारा चौरा कक्षा ४ मा अध्ययनरत थिए ।









