Advertisement
SKIP THIS
एन आर एन ए अस्ट्रेलिया राष्ट्रिय समन्वय समिती सदस्यमा चन्द बिजयी

धनगढी:गैर आवासीय नेपाली संघ अस्ट्रेलिया राष्ट्रिय समन्वय समिती सदस्यमा सुदूरपचिमका पुजेन्द्र बहादुर चन्द बिजयी भएका छन् ।

आज भएको निर्वाचनमा चन्द बिजयी भएका हुन । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ ।

यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न आफुले उम्मेदवारी दिएको उनले जानकारी दिएका थिए। सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नम्बर ४ बसंल्ला स्थाई घर भएका चन्द हाल अष्ट्रेलियामा बस्दै आएका छन् ।

साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्थामा सबैलाई एकताबद्ध बनाउन उनको योजना छ । साथै सबैको हक हितमा काम गर्नकालागी एन आर एन ए मा आएको चन्दले जानकारी समेत दिएका छन्।

तपाईको प्रतिक्रिया