Advertisement
SKIP THIS
सहभागितामै सीमित टोकियो ओलम्पिकमा नेपालको यात्रा

काठमाडौँ:एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् ।

३२औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो ।

पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए । सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि फेरि एक पटक विश्व खेलकुदको कुम्भमेलामा नेपालको यात्रा सहभागितामै सीमित बन्यो ।

ओलम्पिकमा पदक त टाढाको कुरा पहिलो चरण पार गर्नु नै नेपालको लागि ठूलो चुनौती बनेको छ । अन्य देशहरु पदकका लागि प्रतिस्पर्धा गर्दा नेपाल भने अझै ओलम्पिकमा सहभागी बन्नु अनी केही व्यक्तिगत कीर्तिमान सुधारमै रमाउने चलन छ ।

तपाईको प्रतिक्रिया