Advertisement
SKIP THIS
विप्लव समूहको दौडधूप तिब्र

काठमाण्डौ:नेकपाका नेताहरुको काठमाडौँमा राजनीतिक दौडधूप जारी रहेको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

एमाले केन्द्रीय कार्यालयमा भएको आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । विप्लव काठमाडौं बाहिर रहेकाले बाँस्तोलाले एक्लै पोखरेलसँग भेटवार्ता गरेका हुन् ।

विप्लव समूहले केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि लबिङ गरिरहेको छ । त्यस्तै, जनमत संग्रहको एजेन्डालाई पनि अघि सारिरहेको छ । उनीहरुले यसअघि माओवादी अध्यक्ष प्रचण्डदेखि राप्रपा अध्यक्ष कमल थापासम्मलाई भेटेका थिए ।

तपाईको प्रतिक्रिया