Advertisement
SKIP THIS
बुढीगंगा नदि थुनियो

निराकरण सम्वाददाता अछाम:बाजुराको गौमुल गाउँपालिका वडा नं २ मा बुढीगंगा नदि थुनिएको छ ।

नदिमा पहिरो खस्दा नदि थुनीएको जल तथा मौसम बिभागले सन्देश तटीय क्षेत्रका नागरिकको मोवाईलमा पठाएको छ ।

पहिरो फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले नदि आसपासका बासीन्दालाई सचेत हुन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ ।

आज बिहान ८ बजे बुढीगंगा नदिको वहाव ३.१० गेज रहेको दिउसो घटेर २. ५८ गेज पुगेकोले नदि घट्न गएको देखिएको छ ।बुढीगंगा नदिका कारण अछामको साफेबगर बिमानस्थल,साफेबगर नगरपालीका कार्यालय एयरपोर्ट बजार, बैधनाथ धाम उच्च जोखिममा रहेका छन ।

तपाईको प्रतिक्रिया