Advertisement
SKIP THIS
पार्टी एकता लचीलो बने ओली ,माधव समूहका सबैलाई माफी दिएको घोषणा

काठमाडौं:नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव समूहलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका छन्।

नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाल पक्षलाई लक्षित गर्दै बाटो बिराएका सबैलाई माफी दिएको घोषणा गरेका हुन्।

‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस् मैले माफी दिएँ,’ उनले भने। ‘हामी हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ उनले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन।’

ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया