Advertisement
SKIP THIS
एमालेले गठन गर्दै आइटी आर्मी नामको संगठन

काठमाडौं:नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन गठन गरेका छन्। एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले बताएका छन्।

आज (मंगलबार) दिउँसो भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने साहले बताए। आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।

‘केही साथीहरुको सहयोग लिएर मेरो नेतृत्वमा आइटी आर्मी संगठन निर्माण गरिएको छ,’ साहले नेपालखबरसँग भने, ‘यसको औपचारिक घोषणा आज हुन्छ।’एमाले पार्टीलाई थप गति प्रदान गर्न यो संगठन बनाइएको उनले दाबी गरे। यसअघि एमालेमा युथ फोर्स र साइबर सेनाहरु पनि सक्रिय छन्। 

तपाईको प्रतिक्रिया