Advertisement
SKIP THIS
बझाङमा श्रीमतीको कान काट्ने ब्याक्ती पक्राउ

बझाङ:श्रीमतीको कान काट्ने मनोज नेपाली पक्राउ परेका छन्।

बझाङकाे जयपृथ्वी नगरपालिका–१ भण्डारका २५ वर्षीय मनोजलाई आइतबार जयपृथ्वी–७ को कचाली खोला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

मनोजले गत असार ३० गते परपुरुषसँग हाँसेको आरोपमा श्रीमती जानकीको चक्कुले कान काटेका थिए। पक्राउ परेका मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

तपाईको प्रतिक्रिया