Advertisement
SKIP THIS
बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री देउवालाई अनुरोध

काठमाडौं:नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।

आज विहान सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बलुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जनाएका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बैठकदेखि मन्त्रिपरिषद बैठकसमेत बालुवाटारमै राखेकोमा आलोचना हुँदै आएको थियो ।

https://www.facebook.com/thapagk/

https://gaganthapa.com.np/

तपाईको प्रतिक्रिया