Advertisement
SKIP THIS
प्रधानमन्त्री देउवाले विश्वासको मत  पाए

काठमाण्डौ:प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।

आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ।

विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ।

आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए।

देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए।

सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।

तपाईको प्रतिक्रिया