Advertisement
SKIP THIS
शेरबहादुर देउवालाई बिश्वासको मत दिन गगन थापा हेलिकप्टरमार्फत काठमाडौं

काठमाडौँ:प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् ।

दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए ।

तर एक्कासी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि उनी काठमाडौं आएका हुन् ।

तनहुँको दमौलीसम्म गाडीमा आएका उनी त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया