Advertisement
SKIP THIS
सामाजिक उत्तरदायित्वमा छिमेक लघुवित्त,विद्यालयमा खानेपानी टंकी सहित धारा निर्माण

निराकरण सम्वाददाता अछाम:छिमेक लघुवित्त वितिय संस्था लिमिटेड शाखा कार्यालय साफेबगर सामाजिक उत्तर दायीत्वमा अग्रसर हुदै गएको छ ।

संस्थाले अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढमा रहेको सरस्वती माध्यमिक विद्यालयमा खानेपानी टंकी सहित धारा निर्माण गरिदिएको छ ।

गाउँपालीको सबैभन्दा बढी बिद्यार्थी र सबै वडाका बिद्यार्थी अध्यायन गर्ने गरेका कारण खानेपानीको अभाव हुदै गएको सो अभाव न्युनिकरण गर्न खानेपानी टंकी सहित धारा निर्माण गरिएको छिमेक लघुवित्त वितिय संस्था लिमिटेड शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक देबेन्द्र थापाले बताए ।

अन्तराष्ट्रिय स्तरको प्रतिष्टित ग्राहक संरक्षण प्रमाण पत्र पाएको छिमेक लघुवित्तको १ लाख ९१ ह्जार २ सय ५० र बिद्यायको १२ हजार २ सय ५० लागतमा खानेपानी टंकी सहित धारा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया