कञ्चनपुर:कञ्चनपुरको पर्यटकिय क्षेत्रमा एक बाबाको हत्या भएको छ। बेदकोट नगरपालिका ४ शिवलिङ्गेश्वरमा आईतवार राती हत्या भएको स्थानीयले बताएका छन।
लुटेरा समुहले अन्दाजी ७०र७५ बर्षिया किशन नाथको हत्या भएको स्थानीयले बताएका छन्। तर, प्रहरीले हत्याबारे पुष्टी गरेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले हत्या वा अन्य कारण बारे अनुसन्धान भईरहेको बताए। उनले घटनाको अनुसन्धान भईरहेकाले केही भन्न नसकिने बताए।
घटना स्थलमा प्रहरी, बेदकोट नगरका मेयर अशोक चन्द सहित पुगेका छन। सनातन धर्म संस्कृति समाज नेपालका अध्यक्ष नरेन्द्र राज जोशी, केन्द्रीय सदस्य कृष्णानन्द भट्ट लगायतले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग गरेका छन्। पर्यटन क्षेत्रमा बाबा जीकै हत्या भएपछि स्थानीय त्रसित भएका छन ।










