Advertisement
SKIP THIS
बाजुराका खम्मबहादुर महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं:महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा स्थायी घर भएका खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

सर्वोच्चको आदेश अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमबाट पदमुक्त भएपछि रमेश बडालले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए ।

सोही रिक्त रहेको पदमा देउवाले खातीको नाम सिफारिश गरेका थिए । उनलाई संविधानको धारा  १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया