Advertisement
SKIP THIS
रबि लामिछानेलाई ऐन महरको धम्की

धनगढी: नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चेतावनी दिएका छन्। मंगलबार सञ्चारकर्मी लामिछानेले अदालतको आदेश नमान्नेको आचोलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो धम्की दिएका हुन्। 

लामिछानेले ‘‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शासन हो र ?? ’’ भन्दै स्टाटस पोष्ट गरेका थिए। 

सोही स्टाटस सेयर गर्दै नेता ऐनले लेखेका छन्, ‘‘रवि लामिछाने नामको अराजक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियूले छिट्टै लगाउने नै छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियूले राम्ररी जानेको छ।’’

तपाईको प्रतिक्रिया