निराकरण सम्वाददाता अछाम : अछामको कैलास खोलामा बगेर १ जना बेपत्ता भएका छन् ।
सोमबार जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटीयाको अइरेनाका अन्दाजी ३६ वर्षका चन्द्र साउँद बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाटोमा हिँड्दै गरेको अवस्थामा ति पुरुष खालबजार नजिकै रहेको खोलामा बगेका हुन् ।
बगेर बेपत्ता भएका साउँदको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनी मानसिक रोगी रहेको बुझिएको छ ।









