धनगढी:एक अर्काको नामै सुन्न नसक्ने नेकपा एमालेका नेता भीम रावल र प्रेम आले अव एउटै खेमामा सहभागी भएका छन् ।
रावल शुरुदेखि नै एमाले बरिष्ठ नेता नेपालको पक्षमा थिए । सर्बोच्चको फैसला आउनु अघि नै आले पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको साथ छोडेर नेपाल पक्षमा लागेका हुन् ।यद्दपि आले बिगतमा नेपाल पक्षमै थिए । नेता रावलसंगको टकरावपछि आले ओली पक्षमा लागेका थिए ।
ओली पक्षमा लागेयता आलेलाई रावल पक्षधर कार्यकर्ता र स्वयम नेता रावलले सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममा लखेट्दै आएका थिए ।
नेता आलेले पनि सार्वजनिक कार्यक्रम र टेलिभिजन अन्तर्वार्तामा रावलका बिरुद्ध अभिव्यक्ति दिदै आएका थिए । आलेसंगै ओली पक्षमा रहेका १० जना सांसद नेपाल पक्षमा खुलेर लागेको एमालेका एक नेताले बताए ।









