Advertisement
SKIP THIS
सुदूरपश्चिमका १० सांसदले ओलीको साथ छोडे, अब चार जना सांसद मात्र ओलीको साथमा

धनगढी: नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्माको ओलीको पक्षमा रहेका सुदूरपश्चिमका १० जना सांसदले उनको साथ छोडेका छन् । सर्बोच्चको फैसला आउनु अघि नै उनीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको साथ छोडेका हुन् ।

यसअघि सुदूरपश्चिमका १८ जना प्रतिनिधि सभा सदस्य मध्ये १४ जना ओलीको पक्षमा थिए । अब चार जना सांसद मात्र ओलीको साथमा रहेको एमालेका एक नेता तथा प्रतिनिधि सभा सदस्यले बताए ।

यतिबेला बैतडीका दामोदर भण्डारी, बझाङकी आशा बिक, कैलालीका नारदमुनी राना र कञ्चनपुरकी निरुदेवी पाल मात्र ओलीको पक्षमा रहेको ती नेताले बताए ।

तपाईको प्रतिक्रिया