Advertisement
SKIP THIS
डडेल्धुरामा बस दुर्घटना

डोटी:डोटीबाट कैलालीको अत्तरियातर्फ आइरहेको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा दुर्घटनामा परेको हो।

शैलेश्वरी यातायातको ना ५ ख २५९१ नम्बर बस नालीमा पसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

तपाईको प्रतिक्रिया