Advertisement
SKIP THIS
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक :निर्वाचन आयोग

काठमाडौं :निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो।

आयोगका सचिव सुरेश अधिकारीका अनुसार नेपालको संविधान, प्रचलिन कानुन, राजनीतिक दलसम्बन्धी ऐनको आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको हो।

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलगायतका नेताहरूले अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका थिए।

तपाईको प्रतिक्रिया