Advertisement
SKIP THIS
५ बर्ष देखि डायलासिसको भरमा बाचेका अछामका २७ बर्षिय राजकुमारको अपिल,मलाई बचाईदिनु होस्

गोपाल जंग थापा:अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रा सुनारकोटका मृगौला पीडित राजकुमार सुनारले आफ्नो जीवन रक्षाका लागि अपिल गरेका छन् ।

दुवै मृगौला फेल भएर हाल डायलासिसको भरमा बाँचिरहेका सुनारले आर्थिक अभावका कारण अपरेसन गर्न नसक्दा उपचारमा समस्या भएको बताएका हुन् । मृगौला प्रत्यारोपरण गर्नका लागि करिब ५ लाख रकम अझै आवश्यक भएकाले आफूसँग भएको पैसा ९ वर्षदेखि उपचार गर्दागर्दै सकिएकोले उपचारमा समस्या भएको बताए ।

विसं. २०७२ देखि मृगौला रोगबाट ग्रसित सुनारका दुवै मृगौलाले काम गर्न छोडेको ४ वर्ष पूरा भइसकेको छ । ‘मलाई मृगौला दिन मेरो आमा तयार हुनुहुन्छ तर पैसा नभएर अपरेशन रोकिएको छ, अहिले सम्म उपचारका क्रममा लगभग एक्काइस बाइस लाख रकम खर्च भइसक्यो । आफूसँग भएको सबै पैसा पनि सकियो के गर्ने होला’, उनले मलिन अनुहार लगाउँदै भने ।

सुनारले आफ्नो उपचारका लागि विभिन्न ठाउँबाट सहयोग पाएको भए पनि रकम एकमुष्ट नआउँदा मृगौला प्रत्यारोपण गर्नका लागि चाहिने पैसाको जोहो गर्न नसकेको बताए । सत्ताइस वर्षिय सुनारले आफूले सक्ने जति सहयोग गरिदिनका लागि सबैलाई अपिल समेत गरेका छन् ।

उनले मृगौलाले काम गर्न छोडेपछि २०७४ सालदेखि पिसाब समेत फेर्न नपाएको दुःखेसो समेत सुनाए ।’मैले चार वर्षदेखि पिसाब पनि फेर्न पाएको छैन । हप्ताको दुई दिन डायलासिस गर्नुपर्छ, साह्रै पीडा भइरहेको छ ।’ सुई घोच्दाघोच्दै हात पनि काम नगर्ने जस्तै भइसक्यो उनले हात देखाउँदै भने ।

डायलासिसको भरमा धेरै दिन बाँच्न कठिन हुने भएकाले चिकित्सकले पनि जति सक्दो चाँडो अपरेशन गर्न सुझाएको सुनारले बताए । घरमा पैसा कमाउने कोही नभएको बताउँदै उनले भारतमा नोकरी गर्दै आएका उनका भाई पनि कोरोनाका कारण जागिर गुमाएर अछाममै फर्किएको र बुबा आमा विगतदेखि सामान्य खेतीपाती गर्दै आएकाले आम्दानीको अन्य स्रोत नहुँदा सहयोग चाहिएको बताए । मृगौला पीडित सुनार हाल भक्तपुरमा रहेको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेका छन् । 

सहयोगका लागि मृगौला पीडित राजकुमार सुनारको 
बैंक खाता नम्बर ०१८००५०१२०८८२४
एभरेस्ट बैंक लिमिटेड चाबहिल, काठमाडौँ
सम्पर्क नम्बर ९८२३८२३५९२  

तपाईको प्रतिक्रिया