Advertisement
SKIP THIS
कोपा अमेरिका फाईनल: पहिलो हाफ अर्जेन्टिना १ ब्राजिल ० live

एजेन्सी : दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि अहिले महारथी टोलीहरु ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गरिरहेका छन् ।

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ ।

खेलको २३ औं मिनेटमा डी पाउलको पासमा एंगेल डी मारियाले काउन्टर एट्याकमा गोल गरी टिमलाई अग्रता दिलाएका हुन् ।

अर्जेन्टिना २८ वर्षपछि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा छ भने सुपरस्टार लियोनल मेस्सी पनि देशका लागि पहिलो ठूलो उपाधि जित्न चाहन्छन् ।

तपाईको प्रतिक्रिया