Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाद्धारा किशोरीहरुलाई सेनेटरी प्याड निमार्ण सम्बन्धी तालिमको समापन

अछाम:साँफेबगर नगरपालिकाका माध्यामिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड निमार्ण सम्बन्धी २ दिने तालिमको समापन गरिएको छ।

शिक्षा युवा तथा खेलकुद शाखा बहुक्षेत्रिय पोषण योजनाको आयोजनामा सञ्चालित तालिममा १४ वडाका २८ जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको समापन गरिएको हो। सेनेटरी प्याड निर्माण तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगरउप प्रमुख बिर्मला देवी बुड्थापा रहकी थिएन ।

प्रमुख अतिथि बुड्थापाले आफूले सिकेको प्याड निर्माण तालिम अरुलाई पनि सिकाउनु पर्ने बताए । उनले किशोरीहरुलाई स्वयम आफैले आफ्ना लागी सेनेटरी प्याड बनाउन सक्षम बनाउने उद्धेश्यले तालिम दिईएको बताए ।

साथै उहाँले महिनावारी भएको बेला सेनेटरी प्याडको प्रयोग गरेर सुरक्षित तरिकाले घरमै बस्न किहोरीहरुलाई सुझाव दिईन ।

तपाईको प्रतिक्रिया