Advertisement
SKIP THIS
जुनेटीक रोग सम्बन्धी अभिमुखिकरण गोष्ठी बान्नीगढी जयगढ गाउँपालीकामा सम्पन्न

निराकरण सम्वाददाता अछाम:जुनेटीक रोग सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी बान्नीगढी जयगढ गाउँपालीकामा सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालीका पशु शाखाको बार्षीक कार्यक्रम अन्र्तगत शनीबार जुनेटीक रोग सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमको समापन गर्दै बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले मानिस बाट जनावर जनावरबाट मानीसमा रोग सहजै सर्ने हुदाँँ सचेत रहन आग्रह गरे । यस्ता अभिमुखिकरण गोष्ठीमा आफुले सिकेका कुरा व्यवहारमा लागु गरेर अन्यलाई सिकाउने समेत अध्यक्ष खड्काले आग्रह गरे । जुनेटीक रोगहरु सहजै सर्न सक्ने हुदाँ सबैमा सुरक्षित र सचेत हुन जरुरी रहेको बताए ।

जनावरलाई रोग लागेमा समयमै उपचार गराउन , रोग लाग्नु भन्दा रोग लाग्न नै नदिन अवधारणाको पालन गर्नु पर्नेमा जोड दिए । बिषेश गरी जुनेटीक रोगहरु कुकुरबाट सर्ने हुदाँ सबैले आफुले पालेका कुकुरहरुको बिषेश ध्यान दिई समय समयमा कुकुरहरुको स्वास्थ्य परिक्षण गर्न आग्रह गरे ।
पशु शाखाले समेत पशु पंक्षीको बारे ध्यान दिन र कार्ययोजना बनाई कार्यपालीकामा आवश्यक बजेट माग गर्ने समेत पशु शाखालाई अध्यक्ष खड्काले अनुरोध गरे ।

कार्यक्रमको सहजीकरण गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मंगलसेन अछाम पशु चिकित्सक डा सौरभ पन्तले जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोगहरु जुनेटिक रोग भएकाले सबैले सचेत हुनु पर्ने बताए । जुनेटीक रोग करिब ३ सय भन्दा बढी प्रकारका हुने भएकाले यी मध्ये नेपालमा ५९ भन्दा बढी प्रकारका जुनेटिक रोग भएको अनुमान गरिएको बताए ।
जुनेटिक रोग लाग्ने विभिन्न कारकहरु मध्येमा विशेष गरी जिवाणु, परजीवी, भाइरस, टुसी, जुका, प्रोटीजुका, आर्थाेपिडा, रिकेट्सियाको माध्यमहुँदै यी रोगहरु जनावरबाट मानिसमा सर्ने डा. पन्तले बताए ।

नेपालमा प्रायः जसो देखिइरहने जुनेटिक रोगहरुमा विषाणुबाट सर्ने रेविज, रानिखेत, जापानिज इन्सेफ्लाइटिस जीवाणुको माध्यमबाट टाइफाइड, पड्के, साल्मोनेलोसिस, ब्याक्टेरियासिस, लिस्टेरियोसि रहेका डा. पन्तले बताए। रोगी पशुपन्छीको मासु खादा, रोगी घरपालुवा जनावरहरु कुकुर बिरालोसँग लुटपुट गर्दा वा सँगै बस्दा, त्यस्तै गरी बधशालामा काम गर्ने व्यक्ति, पशु फार्ममा काम गर्ने र पशु पाल्ने व्यक्ति, मासु व्यवसायीहरु, प्रयोगशालामा काम गर्ने प्राविधिकहरु, मासु तथा छाला तथा हड्डी प्रशोधन कार्यमा संलग्न व्यक्ति, पशु चिकित्सकहरुमा बढी सर्ने पशु चिकित्सक डा सौरभ पन्तले बताए ।

अभिमुखिकरण गोष्ठी कार्यक्रमा बान्नीगढी जयगढ गाउँपालीका उपाध्यक्ष लोक बहादुर साउँद, निमीत्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी,वडा अध्यक्ष , कार्यपालीका सदस्य सरोकार वाला जयगढ स्थीत मासु पसलका सञ्चालक लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया