Advertisement
SKIP THIS
ग्रिल काटेर हिरासतबाट थुनुवा फरार

सिरहा :सिरहा लहान इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा रहेको झ्यालको ग्रिल काटेर एक थुनुवा फरार भएका छन् ।

फरार हुनेमा लागूऔसध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ घर भएका पशुपति यादब गए राती करीब २ बजेको समयमा हिरासतको झ्यालको ग्रिलकाटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) सुवास बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्त सुवास बुढाथोकीको भनाइ छ ।

तपाईको प्रतिक्रिया