Advertisement
SKIP THIS
पुरुषका लागि समेत अब गर्भनिरोधक सुई : एक पटक लगाए १५ बर्ष सम्म ढुक्क

काठमाडाैं:गर्भनिरोधक सुइको कुरा आउँदा हामी महिलाले मात्रै लगाउने भन्ने बुझ्छौं । तर, भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको बताएका छन् । भारतको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरु पुरुष गर्भनिरोधक सुइ बनाएका छन् ।

जुन सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा.आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न बताउँछन् । यो सुईको प्रयोग भारतको विभिन्न राज्यमा भइसकेको छ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिसकेको छ । एक पटक संगीनी सुई लगाएर महिलाहरु तीन महिनासम्म ढुक्क भए झैं यो सुइ लगाएपछि पुरुषहरु पनि १५ बर्षसम्म ढुक्क हुन सक्ने छन् ।

तपाईको प्रतिक्रिया