Advertisement
SKIP THIS
२४ घण्टामा २ हजार २सय ३९ जना कोभिड बिरामी थपिए

काठमाडौं :पछिल्लो २४ घण्टामा मुलुकमा २२३९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ परीक्षण (६६५७ पीसीआर र ४६५६ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार संक्रमण दर १९.७९ रहेको छ ।

पछिल्लो अवधिमा थप २० जनाको मृत्यु भएको छ । १३१६ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८० जना संक्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ संक्रमित छन् ।

कूल संक्रमित संख्या ६ लाख ५२ हजार ८५९ (पीसीआर), कूल निको हुने संख्या ६ लाख १६ हजार, कूल मृत्यु संख्या ९३४४ जना रहेको छ ।

मुलुकको सक्रिय संक्रमित प्रतिशत ४.०६ प्रतिशत छ । काठमाडौं जिल्लामा ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ जना सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया