Advertisement
SKIP THIS
आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ

स्याङजा:आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परका छन्। एघार वर्षीया छोरीमाथि जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्। घरमा बसिरहेकी ११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

असार २२ गते बिहान साढे ७ बजेतिर जबरजस्ती करणी गरेको आरोपसहितको उजुरी परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

प्र ना उ अधिकारीका अनुसार अदालतले आरोपितलाई जबरजस्ती करणीमा मुद्धा चलाइएको र बुधबारदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया