Advertisement
SKIP THIS
तीन दिनदेखि वेपत्ता  टीकापुरका ३ वर्षीय विवेक मृतावस्थामा फेला

टीकापुर:कैलालीको टीकापुर नगरपालिका वडा नंं–१ ब्लक नं.–८ का तीन वर्षीय नाबालक विवेक बिष्ट हराएको तीन दिनपछि केहीवेर अघि मृतावस्थामा फेला परेका छन् ।

विवेकको शव केहीवेर अघिमात्र टीकापुर नगरपालिका वडा नं.–४ बाघमारा नजिकै घोयली सामुदायिक वनको सीमा क्षेत्रमा पर्ने जमरा नालामा फेला परेको हो । विवेकका पिता दिलीप बिष्टले शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।

करिव ७ बजे प्रहरीले विवेक शव पानीबाट निकालेको छ र उनको शवलाई परीक्षणका लागि टीकापुर अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

विवेक असार २१ गते सोमबार विहान दिदीसँग जामुन खान गएर घर फर्किने क्रममा बेपत्ता भएका थिए ।
विवेक वेपत्ता भएपछि घटनाका बारे बुझ्न र अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं डीआइजी पुरूषोत्तम कडेंल र कैलाली प्रहरी प्रमुख एवं एसपी विश्वराज अधिकारी तालिम प्राप्त दुई कुकुर ल्याएर टीकापुर आएका थिए ।

तपाईको प्रतिक्रिया