Advertisement
SKIP THIS
विद्युत् पहुँचबाट बञ्चित बान्नीगढीका अति विपन्न ३० परिवारलाई सोलार सेट वितरण

निराकरण सम्वाददाता अछाम:विद्युत् पहुँचबाट बञ्चित बान्नीगढी जयगढ गाउँपालिकाका अति विपन्न ३० घरपरिवारलाई सोलार सेट वितरण गरिएको छ।

‘उज्यालो गाउँपालिका’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले बुधबार सोलार वितरण गरिएको हो।वडा नं १ देखि ६ सम्मका विद्युत् पहुँचबाट बञ्चित र अति विपन्न परिवारलाई सोलार सेट बितरण गरिएको हो।

विद्युतको पहुँचबाट बञ्चित ,आर्थिक अवस्था कमजोर भई बिजुली जडान गर्न नसकेका घर परिवारलाई सोलार वितरण गरिएको बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।छुटेका हरुलाई समेत आगामी बर्ष बितरण गरिने अध्यक्ष खड्का बताए ।

बैकल्पिक ऊर्जाको अनुदान र गाउँपालिकाको सहयोग बाट आएको ५० वाटाको सोलार सेट ३० परिवारलाई वितरण गरिएको उर्जा संयोजक केशर बि.क ले जानकारी दिए।

तपाईको प्रतिक्रिया