Advertisement
SKIP THIS
साफेबगर नगरपालिका ११ देविस्थानद्वारा ३२ जना सहित ५ परिवारलाई राहत बितरण

निराकरण सम्वाददाता अछाम :साफेबगर नगरपालिका ११ देविस्थानद्वारा ३२ जना सहित ५ परिवारलाई राहत बितरण गरिएको छ।

देविस्थानमा वडा समिति मार्फत अति बिपन्न परिवारका २० जनालाई २ हजारका दरले ४० हजार बितरण गरिएको वडा अध्यक्ष गणेश बहादुर खड्काले बताए।

यस्तै उच्च शिक्षा अध्यनरत दलित समुदायका १० बिधार्थीलाई २० हजार ,चुचि टोलका पहिरो पिडित ५ परिवारलाई ३३ हजार र मृगौला पिडित मृतक कुल जैगडि र ढ्याडु लुहारका परिवारलाई सहयोग स्वरुप ११ हजार सहयोग गरिएको वडा अध्यक्ष खड्काले निराकरण खबरलाई बताए ।

वडा कार्यलय देबिस्थानको अार्थिक बर्ष २०७७/०७८को बार्षिक कार्यक्रम अनुसार उप्त सहयोग गरिएको हो। बितरण कार्यक्रममा वडा अध्यक्ष गणेश बहादुर खड्का, वडा सदस्य ठगे लुहार,दान बहादुर धामि,कल्पना देवि ओड,हस्तना देवि खातिको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई वडा सचिव ध्रुव वि कले संचालन गरेका थिए

तपाईको प्रतिक्रिया