Advertisement
SKIP THIS
गाउँका डाक्टर ,महिला स्वास्थ्य स्वयंसेविका लागि अछाममा तालिम सञ्चालन

अछाम :गाउँका डाक्टर भनेर चिनिने महिला स्वास्थ्य स्वयंसेविकाका लागि अछामका विभिन्न ठाउामा तालिम सञ्चालन भैरहेको छ ।

नीहरुका लागि विभिन्न पालिकामा आधारभुत तालिम भएका छन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि तुर्माखाँद गाँउपालिका र पञ्चदेवल नगरपालिकामा आधारतुभ तालिम सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यसअघि कार्यरत स्वयंसेविका ६० वर्ष उमेर पुगेर अवकास भएपछि नयाँ छनौट गरीएको स्वयंसेविकाहरुलाई पालिकाको सहयोग तथा स्वास्थ्य कार्यालय अछामको समन्वयमा तालिम सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिृकत झनकराज ढुंगानाले बताए ।

यस्तै मंगलसेन नगरपालिकाको जुपु र सांफेबगर नगरपालिकामा स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानिय तहको समन्वयमा नयाँ छनौट भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि १० दिने तालिम संचलान भईहरको छ ।

लकडाउनका कारण केही पहिले गर्नुपर्ने तालिम अहिले संचालन भईरहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

तपाईको प्रतिक्रिया