दार्चुला:जिल्ला सुरक्षाकर्मीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महाकाली नगरपालिकामा सुरक्षाकर्मीले वृक्षारोपण गरेका हुज
नगरपालिकाको वडा नम्बर ४ मा रहेको दशरथ नगर सामुदायिक वनमा १२ सय बोट विरुवा लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।
प्रमुख जिल्ला अधिकारी, वनका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतको सहभागितामा वृक्षारोपण गरिएको हो।









