Advertisement
SKIP THIS
खोजेको के हरायो है सजक बन्ने हो कि

अछाम
मलाई जोख्न जुन पोख्ने शीत हुनुपर्ला
तृष्णा बोकि ध्वनी रोक्ने मीत हुनुपर्ला
भैलो खेल्न ब्यथा खोल्ने ग्रन्थ नबोक
समाज अन्धो ठाने भयभित हुनुपर्ला !

प्रवृतीमा प्रकृतिको गुनासो नै भयो
हिहि हाहा राग छरे गीत हुनुपर्ला
खोजेको के हरायो है सजक बन्ने हो कि
प्रहर लुके देखिने त्यो तिथ हुनुपर्ला !

नौलो कर्म धर्म जोखी चोखिने तालमा
खोला तरि लौरो खोज्ने रित हुनुपर्ला !:!

अमरदिप शर्मा साफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन

तपाईको प्रतिक्रिया