Advertisement
SKIP THIS
छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ

भक्तपुर:१५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका(८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया