Advertisement
SKIP THIS
होटेलमा राखेर युवती बलात्कार

तुलसीपुर:होटेलमा राखेर युवती बलात्कार गरेको अभियोगमा तुलसीपुरमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका २ निबासी २२ बर्षका देवराज वली र सोही ठाउँका १८ बर्षका पोखराज वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक प्रसाद शर्माले जानकारी दिए।

तुलसीपुरको ग्रयान्ड भ्याली होटेलमा असार १५ गते राति १३ बर्ष र १६ बर्षकी किशोरीलाई बलात्कार गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो। बालिकाका आफन्तले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले बलात्कार मुद्दा चलाएको छ। आरोपी युवकसंगै पक्राउ परेका होटेल संचालक तुलसीराम घर्तीलाई प्रहरीले तारेखमा छोडेको छ।

‘मुलुकी अपराध संहितामा बालिकालाई इच्छा बमोजिम यौन सम्पर्क गरेपनि जबरजस्ती करणी मान्ने भएकाले मुद्दा चल्छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले भने ‘होटेल संचालकलाई पनि पक्राउ गरेका थियौं तर अहिले तारेकमा छोडेका छौ।’

अनुसन्धानको क्रममा होटेल संचालक घर्ती घटनामा संलग्न रहेको पाइएमा उन विरुद्ध पनि मुद्दा चलाउने डिएसपी अर्यालले बताए।

तपाईको प्रतिक्रिया