Advertisement
SKIP THIS
आज देशका यी स्थानका पानी पर्दै

काठमाडौं :बाढी पूर्वानुमान महाशाखाले आज बिहान नारायणीको सहायक नदी  मर्स्याङ्दी, बिमल नगर जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ । 

बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको छ भने नारायणी, बागमती र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । 
 
महाशाखाका अनुसार आज दिउँसो कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा त्रिशुली, बूढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ । 

यसैगरी, पश्चिम राप्ती, बबईमा बहाव सामान्य रहने, पूर्वी राप्ती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यता, कमला र बागमती लगायतमा बहाव सतर्कता तह पार गरेर खतरा तह सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । 

यस्तै, प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनकुटा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन,सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर र लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ । 

महाशाखाले यी क्षेत्र वरिपरिका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया