Advertisement
SKIP THIS
पाँच विद्यार्थी संगठनद्धारा प्रधानमन्त्रीको पुतला दहन

काठमाडौं:विभिन्न राजनीतिक दलका पाँच विद्यार्थी संगठनले सरकारको कदम अधिनायकवादी भएको भन्दै संयुक्त रूपमा प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीलगायत संगठनले संयुक्त संघर्ष समिति बनाएर विरोध प्रदर्शन गरेको हो।

विद्यार्थी संगठनले अधिनायकवादी र स्वेच्छाचारी शासनविरुद्ध तथा संसद पुनर्स्थापना माग गर्दै देशका ७७ जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन्।

काठमाडौंको रत्नराज्य क्याम्पस, पशुपति क्याम्पस, अमृत साइन्सलगायत ६ वटा कलेजमा उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले ुप्रतिगमन मुर्दावादुलगायत नारा लगाएका थिए।

तपाईको प्रतिक्रिया