Advertisement
SKIP THIS
रुपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले उजूरी

काठमाडौँ:जातीय कारणले कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानले रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजूरी दिएकी छन्।

अनुमती बिना आफ्नो फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको भन्दै प्रधानले रुपाविरुद्ध उजूरी दिएकी हुन्। रुपा सुनारलाई जातीय विभेद गरेर कोठा नदिएको आरोपमा प्रधान पक्राउसमेत परेकी थिइन्। रुपालाई कोठाको आवश्यकता नभएपनि आपराधिक कार्य गर्नकै लागि कोठा खोज्न आएर बाहनावाजी गरेको प्रधानले उजूरीमा उल्लेख गरेकी छन्। रुपाले आफूले आफैलाई अपमानिन गरेको उनको भनाइ छ।

‘रुपा सुनार आफैले आफूलाई कामीको छोरी भनि आफूले आफैलाई अपमानित गर्ने, होच्याउन जस्ता नैतिक पतन हुनेगरी व्यवहार देखाएकोले यस्तो चरित्र देखाउने जोसुकै थरका व्यक्तिलाई कसैले पनि भाडामा दिन सक्दैन,’ प्रधानले दिएको उजूरीमा उल्लेख छ।

तपाईको प्रतिक्रिया