काठमाडौं :संवैधानिक आयोगका पदाधिकारी नियुक्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगका अध्यक्ष, आयुक्त एवं सदस्यहरूमा गरिएको नियुक्ती गैरसंवैधानिक भएको भन्दै पुरक रिट दर्ता गराएका हुन्।
रिटको अन्तिम टुंगो नलागेसम्म उनीहरुलाई आयोगहरूको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै पनि कार्य नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको निवेदक त्रिपाठीले बताए।
असार १० गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २० जनालाई विभिन्न संवैधानिक आयोगको अध्यक्ष एवं सदस्यमा नियुक्त गरेकी थिइन् ।
त्रिपाठीले संविधानको धारा २ सय ९२ को संसदीय सुनुवाइको बाध्यात्मक व्यवस्थालाई छलेर गरिएको नियुक्ती स्वतः बदरभागी हुने रिटमा जिकिर गरेका छन्।
रिटको पेशी अहिले तोकिएको छैन ।
उनले यसअघि पनि संवैधानिक आयोगका पदाधिकारीको नियुक्ती विरुद्ध रिट दर्ता गराइसकेकाले बुधबार पुरक रिट दर्ता गराएका हुन्।










