Advertisement
SKIP THIS
४० वर्ष अगाडि अड्किएको प्लास्टिकको सिक्का कोभिड कोरोना परीक्षण गर्ने क्रममा भेटियो

न्युजिल्याण्डमा एक महिलाको नाकभित्र झण्डै ४० वर्ष अगाडि अड्किएको प्लास्टिकको सिक्का कोभिड (कोरोना भाइरस) परीक्षण गर्ने क्रममा फेला परेको छ ।
मेरी म्याकार्थी नामकी ती महिलाको नाकको दाहिने प्वालभित्र ३७ वर्ष अगाडि एउटा सानो प्लास्टिकको खेलौना सिक्का अड्किएको थियो ।

टिडली विंक्स नामक खेलमा प्रयोग गरिने सिक्का आकारको सानो प्लास्टिकको वृत्ताकार टुक्रा उनको नाकमा घुसेको थियो । उनको उमेर त्यतिबेला जम्मा ८ वर्षको थियो । बाल्यकालमा आफ्नो नाकभित्र प्लास्टिकको सिक्का अड्किएको उनले पत्तो पाइनन् ।

नाकभित्र प्लास्टिकको सिक्का छिरेको हुँदा उनलाई नाकको दुखाई महसुस हुन्यो र कहिलेकाहीँ श्वास फेर्न पनि गाह्रो हुन्थ्यो । गत वर्ष कोभिड-१९ परीक्षणका लागि स्वाब लिएसँगै उनको नाक झनै दुख्न थाल्यो र निकै चर्को पिनासको समस्या देखियो । उनको नाकबाट निरन्तर सिगान बग्न थाल्यो ।

उनी नाकको उपचारका लागि धेरै डाक्टरकोमा धाइन्, तर समस्या २० को १९ भएन किनकि नाककको समस्याको जरो पत्ता लागेन ।

अन्ततः एकजना आकस्मिक चिकित्सकले उनलाई तपाईंले कुनै समय आफ्नो नाकभित्र केही राख्नुभएको थियो कि ? भनेर सोधे । डाक्टर तथा नर्सहरुले उनको नाकको समस्या केवल पिनास मात्र नभएको ठहर गरेर त्यस्तो प्रश्न सोधेका थिए । म्याकार्थीले पनि आफूले बाल्यकालमा नाकभित्र टिडलीविन्क छिराएको बताइन् ।

त्यसपछि त के चाहियो र ? डाक्टरहरुले उनको नाकको सिटी स्क्यान गरेर नाकभित्र प्लास्टिकको सिक्का रहेको पत्ता लगाए । त्यो प्लास्टिकको टुक्राको आकार ठूलो भएको हुनाले शल्यक्रिया गरेरै त्यसलाई निकाल्नुपर्ने भएको छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया